पोखरालाई स्मार्टसिटी बनाइने 

२०७४ असोज ५ बिहीबार ०६:४८:०० मा प्रकाशित

पोखरा, ५ असोज  विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । 

पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच बुधबार  भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो । 

समझदारी पत्रमा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी सञ्चालक तादासी मोरीले हस्ताक्षर गरेका छन् । 

‘छरितो शहर हाम्रो अभियान, एनआइटिभीको सहयोगलाई हार्दिक सम्मान’ भन्ने मुख्य लक्ष्यका साथ भएको सम्झौतामा पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षाको प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको भरपुर उपयोग गरिने उल्लेख छ । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसमा नगरवासीको महत्वपूर्ण सहयोगको अपेक्षा गरे । 

न्यू आइटी भेन्चरका कार्यकारी संचालक दातासी मोरीले पोखराको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा गरिबी निवारण र मानवअधिकारलाई लच्छित गरी दुई वर्षभित्र गुरुयोजना तयार गरिने बताए । रासस
 

ताजा खबर