राष्ट्रपति भण्डारीलाई म्यान्मामा गार्ड अफ अनर प्रदान, (फोटो)

२०७६ असोज ३० बिहीबार १६:४९:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मामा राजयिक भ्रमणमा छिन् । 

गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका उनी गएकी ह्न । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीलाई उपहार प्रदान गरिन् । 

उनले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्त बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता गरिन् । विद्यादेवी भण्डारीलाई बिहीबार प्रेसिडेन्सियल हाउसको परिसरमा म्यान्माको सेनाले प्रदान गरेको सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरिएको छ । 

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी,  राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् । 

राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको रहने कार्यक्रम तय भएको छ । 

 

तस्बिरः श्याम रिमाल / रासस

ताजा खबर