नेपथ्य ब्याण्ड फेरि कोरिया जाँदै

२०७४ असोज ४ बुधबार १४:०४:०० मा प्रकाशित

काठमाडौं, ४ असोज ।  लोक–रक ब्याण्ड नेपथ्यले यही असोज ८ गते दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ । स्थानीय ओलम्पिक पार्कको ओलम्पिक हलमा कार्यक्रम प्रस्तुत हुने बताईएको छ । सिओलमा पहिले पनि चार पटक सांगीतिक कार्यक्रम गरिसकेको नेपथ्यले फेरि एकपटक सांगीतिक प्रस्तुति पस्कन लागेको हो।

विश्वस्तरीय कन्सर्ट हलको रुपमा बिकास गरिएको ओलम्पिक हलमा डिप पर्पल, जुदास प्रिस्ट, मराया क्यारे र एयर सप्लाइ जस्ता प्रसिद्ध सांगीतिक टोलीहरुले कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

कोरियाको सबैभन्दा ठूलो पर्व ‘चुसोक’ को अवसर पारेर त्यहाँस्थित ‘कास्की परिवार’ले नेपथ्यलाई निमन्त्रणा गरेको हो ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यतिबेला त्यहाँ इपिएस योजना अन्तर्गत चालिस हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् ।  
 

ताजा खबर