जिम गर्दै मलाइका

२०७६ असोज ३० बिहीबार ०८:११:०० मा प्रकाशित

बलिउड अभिनेत्री मलाइका अरोराले जिम गरेको भिडियो इन्स्टाग्राममा राखेपछि निकै भाइरल भइरहेको छ। भिडियोमा मलाइका पाइप स्ट्यान्डमा एक्सरसाइज गरिरहेकी छन्। त्यसो त मलाइकाले नियमित योगा पनि गर्ने गरेकी छन्। आफ्नो फिटनेसका लागि उनी कति सचेत छिन् भने घर छोड्नु पर्दा पनि उनी योगा गर्न भुल्दिनन्।

मलाइका ४४ वर्षमा टेकेकी छन्। तर नियमित योगा र जिमका कारण उनले आफ्नो शरीर फिट राखेकी छन्। उनको फिगरको तारिफ उनका फ्यान मात्र नभई अन्य सेलिब्रिटीले पनि गर्ने गरेका छन्। आफ्नो फिटनेस कायम राख्न उनले दिनहुँ घण्टौं जिममा बिताउने गरेकी छन्।

पाइप स्ट्यान्डमा एक्सरसाइज गरिरहेको मलाइकाको भिडियो १७ लाखले हेरेका छन्। सो भिडियोमा कमेन्ट गर्दै उनका धेरै फ्यानले उनीसँग फिटनेसका टिप्स मागेका छन्। अभिनेता अर्जुन कपुरसँगको रिलेसनसिपका कारण पनि मलाइका निकै चर्चामा छिन्। 

ताजा खबर