‘बलिउडमा एकसेएक सुन्दरी आईसके मलाई कसले हेर्छ र ?’– हेमा मालिनी

२०७६ असोज २९ बुधबार १७:०४:०० मा प्रकाशित

१६ अक्टोबर अर्थात् चर्चित अभिनेत्री हेमा मालिनीको जन्मदिन । हिन्दी सिनेमा इतिहासकी एक उल्लेख्य पात्र हुन् हेमा मालिनी । उनी यसवर्षदेखि ७१ बर्षकी भइन् । १६ अक्टुबर १९४८ मा उनको जन्म भएको हो । उनले पछिल्लो केहि वर्षबाट परिवार, आफन्त र आफ्नो जन्मदिनको बारेमा कहिल्यै सार्वजनिक गरेकी थिईनन् । तर यसपाली भने उनी आफ्नो जन्मदिवसका अवसरमा केही कुरा गर्न सार्वजनिक भएकी छिन् । आफ्नो जन्मदिन र जीवनका अनुभवबारे के भन्छिन् हेमा,प्रस्तुत छ उनका अनुभवहरुः

आफ्नो जन्मदिनमा तपाईँले पाउनुभएको कुनै अविष्मरणीय गिफ्टको सम्झना छ ?
मेरा छोरीहरु इशा, हाना र पति धर्मेन्दबाट केहि अमूल्य गिफ्ट पाएकी थिएँ । जुन मेरो व्यक्तिगत कुरा हो । यसबारेमा म खुल्ला किताबजस्तै सबैको सामु सार्वजनिक हुन चाहन्न । मेरो श्रीमान्बाट प्राप्त गिफ्ट सम्हालेर राखेकी छु । जुन मेरो लागि धेरै अमूल्य छन् । 

तपार्इँंको अहिलेसम्मको सम्झनलायक जन्मदिवस कुन हो ? 
पिता माताको साथमा मनाएको जन्मदिन मेरोलागि सम्झन लायक छ । जुन बेलामा म सानै थिएँ । बच्चपनमा मनाएका जन्मदिन सम्झन लायक र रमाइला हुने गर्छन् । आमा र बुबाको साथ मनाएको जन्मदिको मजा नै छुट्टै हुन्छ । जसलाई म जहिल्यै मिस गरिरहन्छु । फिल्मको काम गर्न थालेदेखि सुटिङमै व्यस्त हुने हुनाले जन्मदिन त्यसै बित्थे । यसबेलामा कुनै जन्मदिन मनाउन फुर्सद नै मिलेन ।

अहिले चैं जन्मदिन कसरी मनाउनु हुन्छ नि ? 
साच्चैँ भन्नुपर्दा जन्मदिन मेरो नाती नातिनिको लागि मात्रै मनाउँछु । नत्र यो उमेरमा जन्मदिनको सेलिबे्रसनमा कसको ध्यान जान्छ होला र ? बच्चाको जन्मदिन मनाउँदा धेरै मजा आउँछ । त्यसकारण म नाती नातिनीसँग समय बिताउन चाहन्छु ।  उनीहरुसँग खेल्दा र देख्दा मनलाई शान्ति मिल्छ । आजकाल धेरैजसो मथुरामै हुन्छु । उतै काम गर्छु केहि समयको लागि मात्रै मुम्बई आउन पाउँछु । धेरैजसो बच्चाहरुसँगै समय बिताउँछु । सधै बच्चाहरुसँग कसरी खुशी हुने भनेर सिक्न चाहन्छु । मेरो लागि मेरो नाती नातिनी सबै थोक हुन् । 

यो उमेरमा पनि स्वस्थ्य र सुन्दर हुनुको कारण के हो ?
मलाई लाग्छ, व्यस्त रहनाले सबैथोक फिट हुन्छ । उमेर बढ्दै गएपछि सुस्त भएर बस्नुको कुनै फाइदा छैन । आफ्नो शरीर र दिमागलाई केहि न केहि काम दिइरहनुपर्छ । महत्वपूर्ण कुरा केमा ख्याल गर्नुपर्छ भने नराम्रो कुरालाई आत्मसाथ गर्नुहुँदैन । त्यति गरेपछि आफूलाई स्वस्थ्य महशुस गर्न सकिन्छ । 

के अभिनयमा फर्कन चाहनुहुन्छ ? 
इन्डस्ट्रीमा यति धेरै राम्री अभिनेत्री आएका छन् । अब मलाई कसले हेर्न मन पराउँछ र ! तर केहि राम्रो अवसर पाएमा काम गर्न चाहन्छु । किनकी अभिनयमा एकजुट भएर काम गर्न मलाई मन पर्छ । 

तपाईँंलाई यो उमेरसम्म पनि केहि महत्वपूर्ण काम गर्न बाँकी छ जस्तो लाग्छ ?
मलाई अझै त्यस्तो लाग्छ । मैले अझै धेरै काम गर्न बाँकी छ । म जुन गंगा नदीको सफाइ र सम्बद्र्धनको काम गरिरहेको छु । त्यसमा धेरै भन्दा धेरै मान्छेलाई जोड्न चाहन्छु ।

(दैनिक भाष्करबाट अनौपचारिक अनुवाद)

ताजा खबर