नेकपाको चियापान कार्यक्रममा जे देखियो, (फोटो)

२०७६ असोज २९ बुधबार १४:५८:०० मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम भैरहेको छ । दशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । 

काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध हुन थालेका छन् । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरिरहेका छन् । 

कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको छ । चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको छ । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति दिइरहेका छन् ।

नेकपाको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले देश विकासको लयमा लागिसकेको भनाई राखेका छन् । 

हेर्नुहोस् फोटो :


फोटो : प्रचण्डको प्रेस सल्लाहकार बिष्णु सापकोटाको फेशबुकबाट 

ताजा खबर