ठूला स्टारले याैन शाेषण गरेकाे ह्यारीसकाे आरोप

२०७६ असोज २९ बुधबार ०९:४७:०० मा प्रकाशित

जेम्स बन्डको फिल्म स्काइफलमा बन्ड गर्लको भूमिकामा अभिनय गर्ने अभिनेत्री नाओमी ह्यारीसले एक ठूला हलिउड स्टारमाथि यौन शोषणको आरोप लगाएकी छिन् । डेलीमेलमा प्रकाशित समाचारअनुसार अडिसनको क्रममा उनीमाथि यौन उत्पीडन भएको ह्यारिसको भनाइ छ ।

ह्यारिसले भनेकी छिन्– ‘उक्त अभिनेताले अडिसनको बेला आफ्नो हात मेरो स्क्र्टमाथि राख्दा म निकै चकित भएकी थिएँ । त्यो बेला कास्टिङ डाइरेक्टर तथा डाइरेक्टर पनि सँगै थिए । तर उनीहरू केही पनि बोलेनन् । किनभने उनी ठूला स्टार थिए ।

सबैभन्दा दुःखको कुरा त यो हो कि उक्त व्यक्ति अहिले पनि इन्डस्ट्रीमा सानका साथ काम गरिरहेको छ ।’ उनले भनेकी छिन्– ‘हामीलाई लाग्छ कि हामी सबैसँग दिमाग हुन्छ । यदि हामीले यसको प्रयोग गरेमा धेरै चोटी यस्ता परिस्थितिबाट बाहिर निस्किन सकिन्छ ।’ कास्टिङ काउचका घटना एकपछि अर्को गरी बाहिर आउने क्रममा उनले आफ्ना बारेमा भएको घटना बाहिर ल्याएकी हुन् । एजेन्सी

ताजा खबर