जब ‘गंगुबाई’मा रणवीरले मुख्य नायिका मानेन् आलीया

२०७६ असोज २८ मंगलबार १५:४३:०० मा प्रकाशित

फिल्म ‘गल्ली ब्वाई’ मा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर सिंहको जोडी थियो । बन्दै गरेको फिल्म ‘तख्त’मा पनि दुवैको जोडी देखिँदै छ । तर आलियाको मुख्य भूमिका रहने ‘गंगुबाई’ फिल्मको अफरलाई भने अभिनेता रणवीरले नकारेका छन् । संजयलीला भन्सालीको नयाँ फिल्म ‘गंगुबाई’को अफर रणवीरले अस्वीकार गरेका हुन् ।

समाचारअनुसार फिल्मका लागि निर्देशक भन्सालीले नै रणवीरलाई अफर गरेका थिए । तर, रणवीरले भने केमियो भूमिका रहेको यो फिल्मको प्रस्ताव स्वीकारेका छैनन् । उनको भूमिकाले फिल्ममा विशेष अर्थ राख्ने बताइएको छ । तर रणवीरले केमियो भूमिका गर्न अस्वीकार गरेका छन् ।

आफूले कुनै पनि नयाँ फिल्ममा काम गर्दा मुख्य र महत्वपूर्ण भूमिकामा काम गर्नुपर्ने समय भएको भन्दै रणवीरले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । स्मरण रहोस्, रणवीर र भन्सालीले फिल्म ‘रामलीला’, ‘बाजिराओ मस्तानी’, ‘पद्मावत’ लगायतका फिल्ममा सहकार्य गरिसकेका छन् ।

बलिउड नायक रणवीर सिंहले हालै फिल्म ‘८३’को छायांकन सकाएका छन् । यो फिल्मको छायांकनपछि रणवीर करण जोहरको निर्माणमा बन्न लागेको फिल्म ‘तख्त’को तयारीमा लागेका छन् । मल्टिस्टारर यो फिल्ममा रणवीरले नायिका आलिया भट्टसँग जोडी बाँध्नेछन् । फिल्म ‘गल्ली ब्वाई’मा पनि एकसाथ काम गरेको आलिया र रणवीरको जोडी पर्दामा दोहोरिन लागेको हो ।

ताजा खबर