शनिको नयाँ २० चन्द्रमा फेला

२०७६ असोज २८ मंगलबार ०८:२८:०० मा प्रकाशित

केप क्यानिभल । सौर्य मण्डलको दोस्रो ठूलो ग्रह शनिको २० नयाँ चन्द्रमा फेला परेको वैज्ञानिकहरूले पुष्टि गरेका छन्। नयाँ २० चन्द्रमासँग शनीको अब कुल चन्द्रमाको संख्या ८२ पुगेको छ। सौर्य मण्डलमा शनि चन्द्रमा संख्याका आधारमा सबैभन्दा धनी ग्रह बनेको छ ।

यसअघि सबैभन्दा धेरै ७९ चन्द्रमा रहेको वृहस्पतीलाई उक्त स्थान हासिल थियो। ‘यद्यपि वृहस्पतीसँग अहिले पनि सबैभन्दा ठूलो चन्द्रमा रहेको छ ।’ –कार्निगेज इन्स्टिच्युसन अफ साइन्सका खगोलशास्त्री स्कट सेफर्डले बताए ।

शनिका नयाँ २० चन्द्रमाको आकार ससानो भएको र प्रत्येकको ब्यास करिब ५ किलोमिटरसम्ममा सीमित रहेका छन्। सेपर्ड र उनको टोलीले हवाईस्थित टेलिस्कोपका माध्यमबाट या वर्षको गर्मीमा २० नयाँ चन्द्रमा पत्ता लगाएको पुष्टि गरेका थिए । शनिका अत्यन्त साना १ सय थप यस्ता चन्द्रमा हुन सक्ने पनि उनीहरूले बताए । त्यसको खोजी प्रयास पनि भइरहेको उनीहरूले बताए । एजेन्सी

ताजा खबर