अभिनेत्री अमीषा पटेललाई अदालतको पक्राउ पुर्जी

२०७६ असोज २५ शनिबार १५:२१:०० मा प्रकाशित

बलिउड अभिनेत्री अमीषा पटेललाई चेक बाउन्सको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । राँची अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

 

 

 निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका हुन् । आरोप अनुसार, अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड दिएका थिए ।

उनको आरोपलाई मान्ने हो भने पैसा फिर्ता माग्दा अमीषाले कुनै प्रतिक्रिया दिएकी थिइनन् । तर पछि अमीषाले अजयलाई साढे दुई करोडको चेक दिइन् । तर चेक बाउन्स भयो । 

ताजा खबर