राष्ट्रपति सी स्वागतमा चिटिक्क काठमाडौँ, (फोटो)

२०७६ असोज २५ शनिबार १४:५१:०० मा प्रकाशित

काठमाडौँ, २५ असोज । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल प्रस्थान गरेका छन् । उनको स्वागतका लागि काठमाडौँको सडक चिटिक्क पारिएको छ । 

सडकका किनारामा लहरै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको ठूलाठूला फोटो टाँसिएको छ । फोटोमुनि लहलह फुलेका सयपत्री छन् । शरद ऋतुको समय फूलैफूलको मौसम । 

अनि नेपालीको चाडबाडको समय पनि । हिमाल, पहाड, तराई सबैतिर फूल फूलेका छन् । त्यही फूल राजधानीको सडकमा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका छन् । 
दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो आउँदैछन् । उनी अपराह्न ५ बजे काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ । 

राष्ट्रपति सीलाईत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम तय भएको छ । 

हेर्नुहोस् फोटो :

फोटो : सामाजिक सञ्जालबाट

ताजा खबर