‘बिजनेस अफ फेशन ५००’ मा बलिउडकी एकमात्र अभिनेत्री दीपिका

२०७६ असोज १७ शुक्रबार १७:२८:०० मा प्रकाशित

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘बिजनेस अफ फेशन ५००’ ले ग्लोबल फेशन उद्योगमा योगदान गरेको कारण सदस्यको रुपमा चुनेको छ ।

कान्स फिल्म फेस्टिभलमा फेशनेबल पहिरनले जादू चलाएकी दीपिकालाई यो भन्दा पहिलो २०१८ मा टाइमले १०० विश्वभरीमा प्रभावशाली व्यक्तिको सूचिकृत गरेको थियो । 

‘बिजनेस अफ फेशन ५००’ फेशन उद्योगमा संसारमै २.४ ट्रिलियन डलरको आकार दिने व्यक्तिहरुको संकेतसूची हो । यसका सदस्यमा सूचीकृत हुनका लागि थुप्रै डाटाहरुको विश्लेषण र अनुसन्धान हुने गर्छ । र, संसारभरीका मानिसहरु जसले फेशनको क्षेत्रमा योगदान दिएका छन् ति व्यक्तिहरुलाई अनुबन्ध गरिन्छ ।

‘बिजनेस अफ फेशन ५००’ ले आफ्नो वेभसाइटमा जारी गरेको फेशन आइकनको सूचीको साथमा उक्त सूचीमा सामेल गरिएका व्यक्तिहरुको बायोडाटा पनि सेयर गरेको छ ।

जसमा दीपिका पादुकोणको पनि कान्स–२०१९ मा पहिरिएको हरियो रङको ड्रेसको फोटो राखिएको छ । साथै उनको बारेमा केही जानकारी पनि दिइएको छ । प्रोफाइलमा उनलाई सबैभन्दा धेरै पारिश्रमिक लिने र अप्रिल २०१९ मा अमेरिकाको भोग म्यागेजिनको कभर गर्ल भएको पनि जानकारी दिएको छ । 

ताजा खबर