युवराजको दशैं उपहार  “अक्षता र जमरामा” 

२०७६ असोज १६ बिहीबार १७:३५:०० मा प्रकाशित

काठमाडौं । नेपालीको मुख्य पर्व दशैंको उपहार स्वरुप स्थापित कवि तथा गीतकार युवराज अधिकारीले आफूले रचेका गीतहरुको संग्रहको भिडियो सार्वजनिक गरेका छन् । दशैं र तिहारसँग सम्बन्धित गीतहरु संग्रहित “अक्षता र जमरामा” मा रोजगारीका लागि विदेशीएका लाखौं नेपालीहरुको भावदशा झल्किएको पाईन्छ । 

कहिले दशैं आउला र घर फर्किन पाईएला भनेर छटपटाए पनि अनेक वाध्यताले मन कुँड्याउँदै विदेशमै बस्नुपरेका नेपालीको आँशु युवराजका गीतमा छचल्किएको अनुभव गर्न  सकिन्छ । गीतकार युवराजका यिनै भाव समेटिएका मर्मस्पर्षी गीत प्रशिध्द गायक दीप श्रेष्ठको स्वरमा अझ जीवन्त भएका छन् । लोकप्रिय संगीतकार सुरेश अधिकारीले युवराजका गीतमा संगीत भरेका छन् ।

गीतकार अधिकारीको आफ्नै युट्यूब च्यानल ‘युवराज अधिकारी’ बाट सार्वजनिक गीतको भिडियोलाई भूषण दाहालले निर्देशन गरेका छन् भने गीतको भिडियोमा दुवईमा रहेर संगित श्रृजना तथा कलाकारितामा सक्रिय आशिष पुरुष र जानुका पौडेलको अभिनय रहेको छ । दुवईका विभिन्न शहर तथा नेपालमा छायांकन गरिएको उक्त गीतको भिडियाको छायांकन धिरज जंग शाहले गरेका हुन भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।

ताजा खबर