बजारमा बासी मिठाईको जगजगी, उपभोक्तावादी संस्था रमिते (भिडियो रिपोर्ट)

२०७६ असोज १६ बिहीबार १६:४४:०० मा प्रकाशित

काठमाडौं । चाडपर्वका बेला बासी मिठाई मिसाएर प्याक गरिएको खानेकुरा जताततै पाईनसक्छ । यसबाट बच्न मुस्किल नै छ किनभने बजार अनुगमन निकै कमजोर छ र मौसमी पनि छ । जब चाडपर्व आउँछन् तबमात्र सरकारी निकायलाई बजार अनुगमन गर्ने जाँगर चल्छ । बाँकी समय बजार अनुगमन भएको बिरलैमात्र देख्न पाईन्छ । कतिपय पसल कवलमा अनुगमनमा गएका कर्मचारीले मोलमोलाई नमिलेपछि सिलबन्दी गरिदिएका घटनाले पनि बजार अनुगमनप्रति उपभोक्ताले विश्वास गरिहाल्न सक्ने अवस्था देखिँदैन । खाद्यान्न र मिठाईजस्ता परिकारको गुणस्तर जाँच गर्ने नेपालमा चलन नै छैन भने पनि हुन्छ । 

अर्कोतिर उपभोक्ताको हकहितमा काम गर्ने अधिकारवादी संघसंस्था पनि मौसमी बाजा बजाउनमा मात्र रमाईरहेको पाईन्छ । उनीहरुले उपभोक्ता ठगिनसक्ने मुख्य समय पर्वहरुमा बजार अनुगमन गर्ने,उपभोक्ता र सरकारी निकायलाई सतर्क गराउनुपर्ने आफ्नो दायित्व पूरा गरेको पाईँदैन ।

कतिपय उपभोक्ता हकहितमा काम गर्ने गैरसकारी संस्थामाथि उनीहरुको निष्पक्ष व्यवहारमाथि समेत प्रश्न उठाउने गरेको सुनिन्छ,खासगरी दलीय संलग्नता रहने गरेको भन्ने आरोप छ उनीहरुमाथि ।

बजारमा व्यापारी,अनुगमनमा सरकारी निकाय र उपभोक्तावादी संस्थाको साख कमजोर रहेको सन्दर्भमा हामीले आफ्नो तर्फबाट एउटा स्थलगत अध्ययन गरेका छौं । 
यही बिषयमा हामीले बजारमा के कसरी खाद्य र मिष्ठान्नका परिकारको बिक्री वितरण भैरहेको छ भनी अनुगमन गर्दै दृश्यांकन पनि गरेका छौं । हेरौं सचित्र वर्णन: 

ताजा खबर