किन भएन रेखा र अमिताभको विवाह ?

२०७६ असोज १५ बुधबार १७:०१:०० मा प्रकाशित

भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर अर्कैसँग बिहे भएको छ ।

यस्तै बलिउडमा पनि थुप्रै जोडीहरु छन् । जो एक अर्कालाई अत्याधिक चाहान्थे तर अन्तमा तिनीहरुको सम्बन्ध विभिन्न कारणले टुट्यो र अर्कैसँग बिहे भयो ।

यदि कसैको चर्चित प्रेमको बारेमा कुरा हुन्छ भने त्यो हो अमिताभ र रेखाको प्रेम सम्बन्ध । अमिताभ र रेखाको जोडी पर्दामा यति सुन्दर देखिन्थ्यो कि सबै यी दुई छिट्टै बिहे पनि गर्नेछन् ।

तर अमिताभले जया भादुन्डीसँग बिहे गरेपछि पनि कयौँ वर्षसम्म रेखाले आफूलाई अमिताभको श्रीमती सम्झिइरहिन् । तर सन् १९८१ मा आएको फिल्म सिलसिला भन्दा पछि यी दुई एकसाथ फिल्ममा देखिन छाडे ।

उनीहरुबारे आज पनि धेरै मिडिया रिपोर्टहरु बन्ने गरेका छन् । जयासँगको सम्बन्ध जोगाउन पनि अमिताभले अन्तत रेखासँग सबै सम्बन्ध तोडेको बताइन्छ ।

ताजा खबर