‘पब्जी’लाई टक्कर दिन अब ‘कल अफ ड्युटी’ 

२०७६ असोज १४ मंगलबार १७:१६:०० मा प्रकाशित

‘कल अफ ड्युटी’ विश्वमा सबैभन्दा चर्चितमध्ये एक भिडियो गेम हो । अब यो गेम मोबाइलमा डाउनलोड गर्न सकिन्छ । 

कल अफ ड्युटी मोबाइलमा लन्च गर्ने भनेर कम्पनीले गत मार्च महिनामै घोषणा गरेको थियो । यस गेम आइफोन र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि खुला भएको छ ।

यस गेमले अहिले विश्वमा चर्चित अनलाईन मोबाइल भिडियो गेम पब्जीलाई टक्कर दिने अनुमान गरिएको छ । कल अफ ड्युटी कम्प्युटरको दुनियाँमा सर्वा्धिक रुचाइएको गेम हो ।

५.१ एन्ड्रोइडका फोनले यस गेम डाउनलोड गर्नसक्नेछन् । यस्तै आइओएस ९ भन्दामाथिका प्रयोगकर्ताले यस गेम डाउनलोड गर्नसक्नेछन् ।

यस गेम चल्नका लागि फोनमा कम्तिमा २ जीबी र्याम हुनुपर्नेछ। पब्जीको जस्तै यस गेमको ग्राफिक्स पनि राम्रो भएको जनाइएको छ। एजेन्सी

ताजा खबर