ऐश्वर्या रायले पेरिस फेशन विकमा र्‍याम्प वकमार्फत् गरिन् डेब्यू

२०७६ असोज १४ मंगलबार १४:२९:०० मा प्रकाशित

ऐश्वर्या राय बच्चनले लोरियल पेरिसले डिफाइल शोमा इटालियन डिजाइनर गिएमबटिस्टा वल्लीले डिजाइन गरेको आउटफिटमा र्‍याम्पमा हिँडिन् । पर्पल ड्रेसमा ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । यो उनको पेरिस फेशन विकमा डेब्यू थियो ।

 

यस्तो थियो ऐश्वर्याको लुकः

ऐश्वर्याले इवा लन्गोरिया, केमिला कबेलो, हेलेन मिरेन, गैरी हार्नर, अम्बेर हर्ड, डाउनजेन क्रोएस र लिया क्याबेडेटसँग र्‍याम्पमा हिँडिन् । ऐश्वर्याले सुन्दर लिलेक प्रिन्टेड ड्रेस लगाएकी थिइन् । यो हाई नेक ड्रेससँग डिजाइन गरिएको थियो । साथै यसमा एउटा लामो ट्रेल पनि थियो जसले क्लासिक लुक दिइरहेको थियो । उनले  ह्वाइट रफल्ड शुज लगाइरहेकी थिइन् ।

पेरिस फेशन विकको आयोजना ऐतिहासिक संस्थान मोनाई डे पेरिसमा शनिबार आयोजना गरियो । ऐश्वर्या राय पछिल्लो १८ वर्षदेखि लोरियल पेरिस ब्रान्ड एम्बेसडर छ । साथै, उनी हरेक वर्ष कान्स फिल्म फेस्टिबलमा पनि हरेक वर्ष ब्रान्डलाई प्रतिनिधित्व गर्छिन् ।

ताजा खबर