रानीको मर्दानी २ को ट्रेलर

२०७६ असोज १३ सोमबार १३:३०:०० मा प्रकाशित

बलिउड अभिनेत्री रानी मुखर्जी लामो समय देखि ठूलो पर्दामा देखिएकी छैनन् । तर, अब उनको फिल्म मर्दानी २ आउँदैछ । यसले उनका प्रशंसकमा ठूलो उत्साह ल्याएको छ । यो फिल्म १३ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुभन्दा पहिले मर्दानी २ को टिजर रिलिज भएको छ । एक पटक फेरि रानी एक्सन अवतारमा देखिएकी छिन् । 

फिल्म मर्दानी २ को छोटो टिजरमा रानीले पुलसकर्मीहरुसहित छापा मारेकी छिन् । उनको डायलग पनि मन पराइएको छ । यो टिजर रिलिज भएको केही मिनेटमा नै निकै भाइरल भएको छ । 

रानीले यो फिल्ममा निकै धेरै स्टन्ट गरेकी छिन् । फिल्म सामाजिक मुद्दामा आधारित बताइएको छ ।

ताजा खबर