बाढीमा फोटो सुट गर्दा यी मोडल भइन् ट्रोलको सिकार

२०७६ असोज १३ सोमबार १३:०७:०० मा प्रकाशित

पटना अहिले जलमग्न भएको छ । लगातारको वर्षाले अस्तव्यस्त बनेको भारतको विहार राज्यमा ठुलो जनधनको क्षती भएको अनुमान गरिएको छ । बाढीमा फेशन डिजाइनिंगको  फष्ट इयरमा अध्ययन गरिरहेकी अदिति निफ्ट लाई भने ग्लामरस फोटो सुट गरेपछी ट्रोलको शिकार भएकी छिन् । 

फोटोग्राफर सौरभ अनुराजले उक्त तस्विरलाई सामाजिक संजालमा सेयर गर्दै भनेका छन्, ’जलपरी’ उक्त पोस्ट पश्चात सामाजिक संजालमा निफ्टको आलोचना भएको हो । बाढीले सडकहरूमा पानी छ । सवारी साधन जाम छ । यो दुखद घडिमा आनन्द उठाउन फोटोशूट गर्नु आफैमा संवेदनहीन मानिन्छ । 

’मान्छेहरू घरबार विहिन भएर संकटमा छन् । आफ्नो ज्यान बचाउन मुस्किल परिरहेको अवस्थामा मान्छे कसरी संवेदनहिन हुन् सक्छ ?’  भन्दै  फोटोलाई लिएर आलोचकहरूले  यो दुखद घडीमा कस्तो खालको स्वतन्त्र सिर्जना हो भनेर प्रतिक्रिया दिएका छन् ।

ताजा खबर