चुम्बनका लागि अभ्यास गरिरहन्थिन् कंगना : यस्तो छ अनुभव

२०७६ असोज १२ आइतबार १३:५१:०० मा प्रकाशित

इन्डिया टुडेको माइन्ड रक्स २०१९ मा बलिउडकी क्विन भनेर चिनिने कंगना रनौतको पनि उपस्थिती रह्यो । उक्त कार्यक्रममा कंगनाले आफ्ना जीवनमा थुप्रै अनुभवबारे कुराकानी गरेकी छिन् । कंगनाले आफ्नो पहिलो चुम्बन बारे पनि खुलासा गरिन् । पहिलो पटक चुम्बन गर्दा उनको मुख ‘फ्रिज’ भएको बताएकी थिइन् ।

कार्यक्रमका होस्ट सुशान्त मेहताले कंगना रनौतसँग सोधे, ‘के तपाईंलाई आफ्नो पहिलो चुम्बनबारे थाहा छ.. कहिले र कहाँ ? किनभने पहिलो चुम्बन कहिले पनि बिर्सदैनँ ।’

कंगनाले यो प्रश्नको जवाफमा भनिन्, ‘म त आफ्नो हातमा चुम्बन गर्ने अभ्यास गर्थेँ । मेरो पहिलो चुम्बन जादुमय भएन । मेरो त अनुभव निकै खराब थियो । मेरो मुख फ्रिज भएको थियो । ती युवकले मलाई आफ्नो मुख चलाउन भनिरहेका थिए ।’

सलमान खान किन बन्न चाहन्छिन् कंगना रनौत ?

कार्यक्रममा र्‍यापिड फायर राउन्ड पनि थियो । यदि कुनै दिन उनी सलमान खान बनिन् भने के गर्न चाहन्छिन् भनेर प्रश्न सोधियो । कंगनाले सलमान बनेको खण्डमा मिडियालाई बेस्सरी गाली गर्ने बताइन् । कार्यक्रमका संचालक सुशान्त मेहताले मिडियालाई किन गाली गर्न चाहनुहुन्छ भनेर अर्को प्रश्न सोधे । कंगनाले भनिन्, ‘किनभने सलमान खानले मिडियालाई जे भन्दा पनि कुनै विवाद हुँदैन तर मैले जे भनेपछि विवाद निम्तिन्छ ।’

कंगना रनौतले आफ्नो नीजि जीवनबारे पनि कुराकानी गरिन् । कंगनाका अनुसार उनको पहिलो अफेयर १७–१८ वर्षको उमेरमा भएको थियो । केटा उनीभन्दा १० वर्ष जेठा थिए । दुबै एकअर्काको प्रेममा हुँदा एकपटक ती केटाले पनि कंगनालाई निकै सानी भएको टिप्पणी गरेका थिए । यद्यपि, कंगनाले ती केटा पंजाबी भएको र निकै स्मार्ट भएको बताइन् ।

ताजा खबर