‘अनाम परिधि’ विमोचित : के छ यसमा ? 

२०७६ असोज १२ आइतबार १३:३७:०० मा प्रकाशित

काठमाडौँ, १२ असोज । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । 

साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गरेका थिए । 

विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गरेका थिए । सङ्ग्रहमा २१ वटा कथा समावेश छन् । ताम्राकारको यसअघि ‘तुषारापात’, ‘दृश्य–परिदृश्य’ र ‘संवेग’ कथासङ्ग्रह प्रकाशित भइसकेको साहित्यकार मीनकुमार नवोदितले जानकारी दिए । 

ताजा खबर