काजोल अब लेखिका पनि

२०७६ असोज ११ शनिबार १४:५०:०० मा प्रकाशित

बलिउड नायिका काजोल अब लेखिकाको पनि पहिचान बनाउन उद्धत भएकी छिन्। उनले सहकर्मी नायिका श्रीदेवीको बारेमा लेखिएको पुस्तकको प्रस्तावना लेखेकी छिन्।

दिवंगत अभिनेत्री श्रीदेवीको बायोग्राफीमा आधारित पुस्तक ‘ श्रीदेवीः द इन्टरनल स्क्रिन गडेज’ को प्रस्तावना काजोलले लेखेकी हुन्। पुस्तकबारे काजोलले लेखेकी छिन्, ‘म फिल्मको सेटमा श्रीदेवीको स्टारडम र ठूलो पर्दामा उनको जादु हेर्दै हुर्किएकी हुँ। उनी आफैंमा फिल्मको एक संस्था थिइन्। उनी सदैव मेरो फेवरेट रहनेछिन्।’ उनले पुस्तकको भूमिका लेख्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छिन्।

श्रीदेवीबारे पुस्तकका लेखक सत्यार्थ नायक हुन्। सत्यार्थले पुस्तकको भूमिका लेखनका लागि काजोल उत्कृष्ट पात्र भएको बताएका छन्। श्रीदेवीका श्रीमान् फिल्म निर्माता बोनी कपुरले उनको बायोग्राफी प्रकाशन गर्न सहमति दिइसकेका छन्।

स्मरण रहोस्, २०१८ फरवरी २४ मा दुबईको एक होटलको बाथटबमा डुब्दा श्रीदेवीको दुःखद् निधन भएको थियो। उनको अन्तिम फिल्म ‘जिरो’ उनको निधनपछि रिलिज भएको थियो।

ताजा खबर