एनसेल लाभकरमा को को लपेटिए ?

२०७६ असोज ९ बिहीबार १५:२०:०० मा प्रकाशित

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाभकर प्रकरणमा सर्बोच्च अदालतले हतारमा फैसला गरेर गल्ती गरेको यस बिषयका जानकार एक कानुन टिप्पणी गरेका   छन् । 

‘एनसेलले पूँजीगत लाभकर तिर्नु पर्दैन । नेपालको कानुनले लाभकर तिर्नु पर्छ भन्दैन’ अधिवक्ता रमण कर्ण भन्छन्–‘अहिले जुन किसिमले बजार तातेको छ, त्यो प्रोपोगन्डा मात्र हो । सर्वोच्च अदालतले गल्ती गरेको हो ।’ अधिवक्ता कर्णका अनुसार, सर्बोच्चले एनसेल लाभकर प्रकरणमा गरेको पछिल्लो फैसला ठीक छ ।


उनले भने–‘करको बिषयमा सार्वजनिक सरोकारको विषय मुद्दा नपर्नु पर्ने हो तर पर्यो । त्यो दुखद छ । प्रचलित कानुन बमोजिम कर निर्धारण हुने विषय हुँदाहुँदै मुद्दा दायर नहुनु पर्ने   हो ।’

राष्ट्रिय राजनीति,संसदीय समितिहरु,सर्बोच्च अदालत र सर्बसाधारणवीच पनि चर्चामा रहेको एनसेल लाभकर प्रकरणको चूरो कुरा के हो त भन्ने बारेमा सबै अन्योलमै रहेको पाईन्छ । यसबारेमा यथार्थ तथ्य थाहा पाउन सजिलो होस् भनेर एकजना विज्ञ कानुनविद् रमण कर्णसँग गरिएको भिडियो वार्ता यस्तो छ । यो हेर्न तलको लिङ्कमा क्लिक गरौं-

   
 

ताजा खबर