कस्तो छ सलमानसँग कट्रिनाको सम्बन्ध ?

२०७६ असोज ५ आइतबार १५:३४:०० मा प्रकाशित

काठमाडौँ, ५ असोज । चर्चित बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफबीचको सम्बन्धबारे बेला–बेला मिडियामा अनेकन चर्चा हुने गर्दछ । कुनै बेला दुई बीचको सम्बन्धलाई अघोषित दम्पत्ति भनेरसमेत चर्चा गरिएको थियो । सँगै सलमान खान र कट्रिना कैफबीच अलग भएको पनि मिडियामा सार्वजनिक भएको थियो । सलमान र कट्रिना कैफबीचको सम्बन्ध ब्रेकअप भएपश्चात पनि साथै काम भने गरिरहेका छन् ।

सलमान र कट्रिनाले अभिनय गरेको फिल्म ‘भारत’ले बक्स अफिसमा निकै शानदार प्रदर्शन गर्यो । फेरि एक पटक दुईबीचको अफेयरको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ । मिडियासँगको एक कार्यक्रममा जब कट्रिना कैफसँग सम्बन्धबारे सोधिन तब उनले पुरानो कुरालाई भुलेर अगाडि बढेको बताएकी थिइन् । उनले अहिले आफुँहरु निकै असल साथी पनि भएको बताएकी थिइन् ।

मिडियासँगको कुराकानीमा कट्रिना कैफले सलमान खानको निकै प्रशंसा गरेकी थिइन् । भनिन्, ‘१६ वर्षदेखि हामी साथी छौं । सलमान एक सच्चा साथी हुन् । जब तपाईंलाई अप्ठ्यारो पर्छ त्यो बेला उनि मद्दत गर्न जरुर आउँछन् ।’

कट्रिनाले मिडियासँग सलमानसँगको सम्बन्ध पुरानो कुरालाई भुलेर नयाँ रुपमा भएको बताएपछि सामाजिक सञ्जालमा दुईबीचको अफेयरको विषय भाईरल बनेको थियो । त्यहिँ उनले इन्स्ट्राग्राममा पोष्ट गरेको सलमानसँगको फोटोले निकै चर्चा बटुलेको छ ।

फिल्म भारत अत्याधिक सफल भएसँगै कट्रिना पुनः सलमानसँग फिल्म ‘दबंग ३’ मा आउँदैछिन् । फिल्म दबगं ३ डिसेम्बर २०, २०१९ मा रिलिज हुँदैछ ।

ताजा खबर