बलिउडमा कमब्याक : ‘कौन थी’को रिमेकमा ऐश्वर्या

२०७६ असोज ५ आइतबार १४:१८:०० मा प्रकाशित

काठमाडौँ, ५ असोज । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले अभिनयभन्दा पर आफ्नो पारिवारिक जीवनमा व्यस्त छिन् । तर पनि उनले बलिउडमा कमब्याक गर्ने खबर बारम्बार अउने गर्छ । पछिल्लो खबरअनुसार ऐश्वर्या बलिउडमा कमब्याक गर्न निकै उत्साहित छिन् । अहिले धेरै फिल्म मेकर्ससँग उनको कुराकानी चलिरहेको छ ।

खबरअनुसार ऐश्वर्या सन् १९६४ मा रिलिज भएको फिल्म ‘कौन थी’को रिमेकबाट बलिउडमा कमब्याक गर्दै छिन् । उनी पछिल्लो पटक ‘फन्ने खाँ’मा देखिएकी थिइन् । यो फिल्ममा उनी राय राजकुमार राव र अनिल कपुरको साथमा मुख्य भूमिकामा देखिएकी थिइन् ।

सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेपछि ऐश्वर्या बलिउडबाट टाढिएकी थिइन् । छोरी आराध्या जन्मिएपछि उनी पूर्ण रूपमा छोरीको हेरचाहमा व्यस्त भइन् । बलिउडका फिल्ममा नदेखिए पनि उनका तस्बिर भने अक्सर सोसल मिडियामा भइरल भएकै हुन्छन् । ऐश्वर्याले मणिरत्नम्को तमिल फिल्म ‘इरुवर’बाट अभिनय करिअर सुरु गरेकी हुन् ।

ताजा खबर