मृत्यु पश्चात पनि मानिसको शव हल्लिरहने वैज्ञानिकको दाबी

२०७६ असोज ४ शनिबार ०९:१४:०० मा प्रकाशित

मृत्यु पश्चात पनि मानिसको शरीर एक वर्षसम्म हल्लिने वैज्ञानिकहरुले दाबी गरेका छन् । अष्ट्रेलियन वैज्ञानिक एलिसन विल्सनले आफ्नो रिसर्चमा यस्तो दाबी गरेका हुन् । उनले एक लाशमाथि १७ महिनासम्म अनुसन्धान र लाशको गतिविधिलाई क्यामेरामा कैद गरेका थिए । एलिसन भन्छन्, ‘मृत्यु पश्चात पनि मानिसको शरीरमा केही मात्रामा गति रहन्छ । यसको कारण कतिपटक त मुर्दाको बाँच्ने भ्रम पनि रहन्छ ।’

एलिसन विल्सनका अनुसार रिसर्चको शुरुवातमा शवको हात शरीरसँग टाँसेर राखिएको थियो । समयक्रमसँगै शवको हात बिस्तारै शरीरसँग छुट्दै सरेको पाइयो । उनले यो प्रक्रिया सायद डिकम्पोजिसनका कारण भएको बताए । समयसँगै हात पनि शरीर जसरी सुक्दै गयो त्यसको गतिविधि पनि बढे जस्तो देखियो ।

वैज्ञानिक एलिसन मुर्दाको रिसर्चका लागि हरेक महिना तीन घण्टाको उडान भर्दै केन्स सहरबाट सिडनी जाने गर्दथे । मानिसको शवको गतिविधिको ख्याल गर्न टाइम लेप्स क्यामेरा लागाएका थिए, जसले हरेक ३० घण्टा शवहरुको तस्विर लिने गर्दथ्यो ।

एलियसलाई बाल्यकालदेखि नै मानिस मरे पछि के हुन्छ भन्ने जिज्ञासा रहेको थियो । अहिले पनि लाशहरुको अध्ययनका लागि उनले आफ्नो शोध जारी राखेका छन् । फोरेन्सिक साइन्स इन्टरनेशलन सिनर्जी जर्नलका अनुसार यस अनुसन्धानको मद्दतबाट मृत्यु पश्चात शरीरमा हुने बदलाव बुझ्न मौका मिल्ने बताइएको छ ।

एलिसन आफूले गरेको अनुसन्धान सफल भएको र लाशमा देखिने हर्कत सबै सामु ल्याएकोमा खुसी छन् । उनी यसलाई अझै सहजरुपमा मानिसहरुमा पुर्याउन लागी परेका छन् ।

ताजा खबर