संघीयताले नेपालको हित गर्नेमा आशंका

२०७६ असोज ३ शुक्रबार १८:५०:०० मा प्रकाशित

काठमाडौं । नयाँ संविधानले आफ्नो जीवनमा अर्थपूर्ण प्रभाव पार्न नसकेको सर्वसाधारणको भनाई छ । नयाँ संविधानले चौथो वर्ष उत्सव मनाईरहँदा विविध क्षेत्रका मानिसले राजनीतिक दलका नेता र सरकारले संविधानको पूर्ण पालना नगरेको गुनासो समेत व्यक्त गरेका छन् । 

विशेषगरी देशमा संघीयता लागू गरिएपछि जनताले थामीनसक्नेगरी कर तिर्नु परेको उनीहरुको सिकायत रहेको छ । स्थानीय निकायमा भैरहेको जथाभावी खर्च र कर असुलीले लोकतन्त्रप्रति नै वितृष्णा जाग्न थालेको सर्वसाधारणको भनाई छ । कतिपयले प्रश्न गरेका छन् –‘कहिल्यै नसुनेको संघीयता यी नेताले कहाँबाट ल्याए,के यसले नेपालको हित गर्छ त ?’ 
३ असोज, संविधान दिवसका अवसरमा दृश्य टिभीले लिएको जनअभिमत हेरौं जस्ताको तस्तैः


 

ताजा खबर