फिल्म ‘शोले’ का यी कलाकार जो मरेर पनि अमर छन्

२०७६ असोज ३ शुक्रबार १४:२३:०० मा प्रकाशित

कुनै जमानाको सुपरहिट फिल्म ‘शोले’ अहिले हेर्दा पनि त्यति नै मजा आउँछ । १५ अगस्त १९७५ मा प्रदर्शन भएको फिल्म शोलेको स्टारकास्ट लुक फेरिएको छ । यस फिल्ममा काम गर्ने कति कलाकार त अहिले यो धर्तीबाट बिदा भइसके । फिल्मका केही यस्ता कलाकारहरु छन् जो मरेर पनि दर्शकमाझ जीवितै छन् ।  

अमजद खान (गब्बर सिंह)

जब जब कुनै गाउँमा बच्चा सुत्दैनथ्यो तब उसकी आमाले बच्चालाई  सुत नत्र गब्बर सिंह आउँछ भन्ने उनको संवाद अहिले पनि बोलिन्छ  । उही गब्बर सिंह आज हामी माझ छैनन् तर उनले गरेको अभिनय भने हामी कहिले बिर्सन सक्दैनौ । अमजद खान २७ जुलाई १९९२ मा बितेका हुन् । जब उनले शोलेमा गब्बर सिंहको भूमिका गरे त्यसपछि त उनी यति हिट भएकी उनलाई नचिन्ने र उनको फिल्म नहेर्ने कोही भएनन् । बन्दुकको पेटी जीउमा झुण्डाएर तम्वाकु खाने उनको अनौठो अन्दाज र एकदमै डरलाग्दो किसिमले हाँस्ने, सवाल जवाफ गर्ने गब्बरको अदा सबैले मन पराउँथे ।

संजीव कुमार (ठाकुर)

फिल्म ‘शोले’ मा कलाकार संजीव कुमारले ठाकुर बलदेव सिंहको भूमिका गरेका छन् । उनले गरेको ठाकुरको भूमिकालाई आज पनि कसैले बिर्सन सक्दैनन् । ६ नोभेम्वर १९८५ मा ४७ वर्षको उमेरको हुँदा उनको मृत्यु भएको थियो ।

ए. के. हंगल (रहीम चाचा)

बलिउडमा सबैले चिन्ने कलाकार हुन ए.के. हंगल । हंगलले फिल्म ‘शोले’ मा रहिम चाचाको भूमिका गरेका छन् । सानो भूमिका भए पनि एकदमै राम्रो भूमिका उनले गरेका थिए । यो भूमिका गरेपछि उनलाई फिल्ममा अफरहरु एकदमै आउन थालेका थिए । २६ अगस्त २०१२ मा उनको मृत्यु भएको थियो ।

मैकमोहन (सांभा)

कलाकार मैकमोहनले धेरै फिल्महरुमा अभिनय गरेका छन् तर जुन लोकप्रियता उनले शोलेबाट कमाए त्यो अरु फिल्मबाट कमै कमाए होलान । अहिले पनि दर्शकहरु उनलाई फिल्म शोले कै भूमिकाबाट सम्झने गर्छन । फिल्ममा उनले गब्बर सिंहको साथी ‘सांभा’ को भूमिका गरेका थिए । सानो भूमिका भएपनि सबैले सम्झने खाले भूमिका थियो । उनले बोलेको ‘पुरे पचास हजार’ भन्न्े एउटा संवाद अहिले पनि दर्शकको दिमागमा नै छ । १० मई २०१० मा ४७ वर्षको उमेर हुँदा उनको मृत्यु भएको थियो ।

सत्येन कपुर (रामलाल)

‘शोले’ मा ठाकुर बलदेव सिंहको हेरचाह गर्ने रामलालको भूमिकामा थिए सत्यन कपुर । उनले एउटा मालिकको कसरी हेरचाह गर्नुपर्छ भन्ने फिल्ममा रहेको भूमिका एकदमै जोरदार ढंगले गरेका थिए । २७ अक्टुवर २००७ मा उनको मृत्यु भएको थियो ।

लीला मिश्रा (मौसी)

अभिनेत्री लीला मिश्रा दर्शक माझ नभएपनि उनले  फिल्म ‘शोले’ मा गरेको अभिनय अहिले हाम्रो मन मस्तिकमा ताजै छ । फिल्ममा मौसीले बोलेको संवादलाई एकदमै रुचाइएको   थियो । धेरै फिल्महरुमा उनले आमा, दादि आन्टि जस्ता धेरै भुमिकाहरु गरिसकेकी छिन् । १७ जनवरी १९८८ मा उनको मृत्यु भएको थियो ।    

साभार : दैनिक भास्कर

ताजा खबर