परबीन बाबी : अमिताभ बच्चनले ‘मार्छन्’ कि भनेर डराउँथिन्

२०७६ असोज ३ शुक्रबार १४:१२:०० मा प्रकाशित

सन् १९४९ अप्रिल ४ मा गुजरातको जूनागढमा जन्मिएकी परवीन बाबी बलिउडकी सबैभन्दा चर्चित अभिनेत्रीमध्ये एक थिइन् । तर उनको जीवन निकै उतारचढाव युक्त रह्यो । परवीन बाबी र फिल्म निर्माता महेश भट्ट एक–अर्काको प्रेममा थिए तर दुईको लभस्टोरीको अन्त्य निकै दुःखद रह्यो । महेश भट्टले फिल्म फेयरलाई दिएको एक अन्तर्वार्तामा आफ्नो सम्बन्ध र परवीन बाबीबारे बताएका थिए ।

त्यतिबेला परवीन बाबी आफ्नो करियरको उचाइमा थिएन् जब उनको महेश भट्टसँग प्रेम बस्यो । सन् १९७७ मा यी दुई एक अर्काको प्रेममा थिए । त्यतिबेला महेश भ्टट विवाहित थिए तर उनले परवीनसँग लिभ–इनमा बस्ने निर्णय गरे । त्यतिबेला परवीन फिल्म अमर अकबर एंथनी फिल्मको सुटिङ गरिरहेकी थिइन् । दुईको जीवन निकै राम्रोसँग चलिरहेको थियो । परवीन सुपरस्टार थिइन् तर घरमा उनी साधारण युवती थिइन् जसले महेश भट्टलाई असाध्यै प्रेम गर्थिन् ।

घरमा फिल्मको कस्ट्युम लगाएर चक्कु लिएर बसेकी थिइन् परवीनः

सन् १९७९ मा एक दिन यस्तो घटना घटित भयो जसले उनीहरुको जीवनमा उथलपुथल ल्याइदियो । महेश भट्ट एकदिन फर्कंदा परवीन बबी एउटा फिल्मको कस्ट्युम लगाएर घरको एउटा कुनामा बसेकी  थिइन् । परवीनको हातमा चक्कु थियो । परवीनले महेशलाई देखेर चुप लाग्न इशारा गर्दै भनिन्, ‘नबोल । घरमा कोही छ जसले मलाई मार्ने कोसिस गरिरहेको छ ।’ महेशले परवीनलाई पहिलो पटक यस्तो अवस्थामा देखेका थिए । त्यसपछि उनलाई थुप्रै पटक यस्तै अट्याक दोहोरिन थाल्यो र उपचारको क्रममा पत्ता लाग्यो कि उनलाई ‘प्यारानोइड स्किजोफ्रेनिया’ नामको खतरनाक रोग लागेको छ ।

डाक्टर र ती फिल्मनिर्माता जसको फिल्ममा परवीनले काम गरिरहेकी थिइन्, उनीहरु परवीनले यो रोगको उपचार गरुन् भन्ने चाहन्थे । यसका लागि परवीनलाई बिजुलीको झट्का दिइन्थ्यो, तर यो अस्थायी उपचार थियो । यो अवधिमा महेशले परवीनको निकै रेखदेख गरे र उनलाई बचाउने पूरा कोसिस गरे । यतिबेला कबिर बेदी र डेनीले उनलाई अमेरिकाका विभिन्न अस्पतालको नाम सुझाए जहाँ परवीनको उपचार गराउन सकिन्थ्यो ।

थप बिग्रँदै थियो परवीन बाबीको स्थितीः

परवीनको स्थिती लगातार बिग्रँदो स्थितीमा थियो । उनी आफ्नो कारमा बम भएको र त्यसको आवाज पनि सुनिरहेको बताउँथिन् । यतिमात्र होइन, अमिताभ बच्चनले उनलाई मार्न चाहन्छन् भन्ने पनि ठान्थिन् । परवीनलाई लाग्थ्यो कि उनले अमिताभलाई केही क्षती पुर्याएकी थिइन् त्यसकारण उनलाई मार्न चाहन्छन् ।

इलेक्ट्रिक शक नै थियो अन्तिम विकल्पः

परवीनको स्थिती लगातार बिग्रँदै थियो र इलेक्ट्रिक शक थेरापीमात्रै एउटै विकल्प बाँकी थियो तर महेश यसको विरुद्धमा थिए । उनीमाथि परवीनको स्टारडमको प्रयोग गरेको आरोप लाग्यो । त्यतिबेलासम्म उनी अनियन्त्रित भइसकेकी थिइन् । उनले औषधीसमेत खान बन्द गरिसकेकी थिइन् । उनी खाना खानु अघि महेश भट्टलाई खान भन्थिन् । खानामा कसैले केही मिसाएको छ कि भनेर उनलाई शंका लाग्ने गर्दथ्यो ।

जब परवीन ठिक हुने कुनै आशा बाँकी रहेन महेश भट्टले उनलाई बेंगलुरु लिएर गए । उनलाई लाग्यो कि शान्त स्थानमा बस्दा परवीनको स्वास्थ्यमा सुधार आउनेछ तर त्यसै वर्ष महेश भट्ट परवीनलाई छोडेर श्रीमती भएठाउँ फर्किए । बेंगलुरुमा एक व्यक्तिले महेशलाई परवीनसँग अलग्गिन सल्लाह दिएका थिए । महेशको उपस्थितीमा परवीनको अवस्था बिग्रिएको ती व्यक्तिले भनेका थिए । त्यतिबेला उनले फिल्म अर्थ देख्न सुरु गरेका थिए जुन पूर्ण रुपमा परवीनको जीवनसँग प्रेरित थियो । सन् २००५ मा परवीनको निधन भयो र त्यसपछि उनी उनको शवको अन्तिम संस्कारका लागि उनी तम्सिएका थिए ।

ताजा खबर