स्मार्टफोन बिक्रीमा गुगल पछाडि

२०७४ असार ३ शनिबार ०९:२२:०० मा प्रकाशित

काठमाडौ, ३ असार (एजेन्सी) । गुगलले आफ्नो पछिल्लो स्मार्टफोन पिक्सलको धमाकेदार बिक्री गर्न नसकेको देखिएको छ । स्मार्टफोन बजारमा दमदार उपस्थिति जनाउन नसक्दा गुगलले पछिल्लो ८ महिनामा केवल १० लाख मात्र पिक्सल स्मार्टफोन बिक्री गर्न सकेको छ ।

यद्यपि, गुगलले आफ्नो स्मार्टफोन बिक्रीको विषयमा कुनै तथ्यांक सार्वजनिक गरेको छैन । तथापि, पिक्सल स्मार्टफोन प्रयोगकर्ताले मात्र डाउनलोड गर्ने एक एपको डाउनलोड संख्याको आधारमा गुगलको पछिल्लो स्मार्टफोनको बिक्रीको विश्लेषण गरिएको हो ।

गुगलले स्मार्टफोन बिक्रीमा कुनै चमत्कार गर्न नसकिरहेका बेला एप्पलले भने सन् २०१६ को अन्तिम त्रैमासिकमा सात करोड आइफोन बेचेको थियो । जबकी सामसुङले सार्वजनिक गरेको पहिलो महिनामै ५० लाख ग्यालेक्सी एस ८ बेचेको थियो ।

गुगलको पिक्सल स्मार्टफोन प्रयोगकर्ताले मात्र इन्स्टल गर्ने पिक्सल लञ्चर नामक एप अहिलेसम्म केवल १० लाखले मात्र डाउनलोड गरेबाट गुगलको पिक्सल स्मार्टफोन केवल १० लाख मात्र बिक्री भएको अनुमान गर्न सकिन्छ ।

अघिल्लो वर्ष सार्वजनिक पिक्सल यस्तो पहिलो स्मार्टफोन हो, जुन एक इन्टेलिजेन्ट पर्सनल असिस्टेन्ट तथा नलेज नेभिगेटरको रुपमा काम गर्दछ । पाँच इन्ट डिस्प्लेयुक्त यो स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८२१ चिपसेट, चार जिबीको र्याम तथा एन्ड्रोइड नूगा अपरेटिङ सिस्टम रहेको छ ।

ताजा खबर