कसले जिते आइफा अवार्ड?

२०७६ असोज २ बिहीबार १५:४५:०० मा प्रकाशित

बुधबार मुम्बईमा सम्पन्न आइफा अवार्ड-२०१९ मा उत्कृष्ट अभिनेताको उपाधि फिल्म 'पद्ममावत' का लागि रणवीर सिंहले पाएका छन्।

त्यस्तै आलिया भट्टले 'राजी'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन्। फिल्मतर्फ पनि 'राजी' नै उत्कृष्ट भएको छ।

'अन्धाधुन'का लागि उत्कृष्ट निर्देशकको अवार्ड श्रीराम राघवनले पाएका छन्। 

त्यस्तै चरित्र अभिनेता (सपोर्टिङ एक्टर) को अवार्ड 'सञ्जु' बाट विक्की कौशलले र अभिनेत्रीमा 'पद्मावत'का लागि अदिती राव हैदरले पाएकी छन्।

यस्तै दीपिका पादुकोणले 'चेन्नाइ एक्सप्रेस' का लागि उत्कृष्ट अभिनेत्रीको 'विशेष अवार्ड' पाएकी छन्। 'आइफा बिग २०' अवार्ड भने फिल्म 'थ्री इडियट्स' का लागि निर्देशक राजकुमार हिरानीले पाएका छन्। 'आइफा बिग २०' अन्तर्गत प्रीतमले 'ए दिल है मुश्किल' का लागि अवार्ड जितेका छन्। 

हेर्नुस् यो वर्ष कुन अवार्ड कसले पाएः उत्कृष्ट अभिनेताः पद्ममावतका लागि रणवीर सिंह

उत्कृष्ट अभिनेत्रीः राजीबाट आलिया भट्ट

उत्कृष्ट डेब्यू अभिनेत्री-  केदारनाथबाट सारा अली खान

उत्कृष्ट डेब्यू अभिनेता-  धडकबाट इशान खट्टर

उत्कृष्ट फिल्मः राजी

उत्कृष्ट संगीतकारः सोनुके टिटुकी स्विटीका लागि अमाल मलिक, गुरु रान्धवा, शौरभ-भैरव, रोचक कोहली, हनी सिंह र ज्याक नाइट ।

ताजा खबर