अदृश्य ममता

२०७६ भदौ ३० सोमबार १८:३८:०० मा प्रकाशित

 

मेरो जिवनको प्रत्येक पानामा तिमी मात्र रहिरहदा पनि,
मैले भर्ने हरेक कागजपत्रमा तिम्रो नाम अटाउन सकिन,
शब्द शब्दमा तिमी हुनेछौ मेरी आमा तर 
बिवश छु तिम्रो नामको शब्द कतै चाहेरपनी लेख्न सक्दिन,
यो समाजले बोल्ने समानता तिमीलाई देखिन,
तर, पनि आबाजबिहिन भएर बाँचिरहेछु,

मेरो जिबनको पुरा आकाश तिमी मात्र तिमी 
मेरो पुरा  संन्सार तिमी,
मेरो नयनले तिमी मात्र देखिरहदा
मेरो खुशी तिमीले मात्र कल्पिरहदा,
जिवनको हरेक समयको साथी तिमी हुँदा ,
तिम्रो नाम आज सम्म कतै कोर्न सकिन ,

पढाएर जिन्दगी बुझने बनाउँदापनि,
तिम्रो परिचय कतै खुलाउन सकिन ,
तिम्रो सन्तान हु भनि 
तिम्रो परिचयमा मेरो परिचय मिसाउन सकिन,
परिवतित समाजमा अझै तिम्रो अस्त्तित्व,
तिम्रो आफ्नै परिचय
तिमीसँगै जोडेर मेरो परिचय दिलाउन सकिन,
हरेक कामको कागजपत्रमा तिम्रो नाम लेख्न सकिन 
 
आफनै गर्भको भारी आफुमा थुपारी जिम्मेवारी,
अनेक दुखकस्ट झेलेर, पिडासँग खेलेर,
जिवन को दानी तिमी ,
माया ममताको खानी तिमी तिमी भहिरहदा,
तिम्रो अस्तित्व मेरो परिचयमा,
मेरो मनको चाहानाअनुरुप,
तिमीलाई सजाउन सकिन,
हरेक कागजपत्र मा तिम्रो नाम कोर्न सकिन,
चाहेरपनी कुनै बिकल्प फोर्न सकिन, 

ताजा खबर