मंगलबारबाट सूर्यले राशी फेर्ने, कुन राशीलाई कस्तो छ प्रभाव ?

२०७६ भदौ ३० सोमबार १४:३३:०० मा प्रकाशित

 ग्रहका राजा सूर्यले भदौं ३१ मंगलबार अर्थात् १७ सेप्टेम्बरदेखि राशी परिवर्तन गर्दैछन् । यसदिन सूर्य सिंह राशीबाट सरेर कन्या राशीमा प्रवेश गर्नेछन् । सूर्य १८ अक्टोबरसम्म यही राशीमा रहनेछन् । यसपछि तूला राशीमा प्रवेश गर्नेछन् । ज्योतिष पण्डित मनीष शर्माका अनुसार कन्या राशीका सूर्यको सबै १२ राशीमा असर पर्नेछ । कुन राशीलाई कस्तो असर पर्छ, यस्तो छ कारण–

 मेष

यो राशीका लागि सूर्य षष्टम् हुनेछन् । यसकारणले शत्रुमाथि बिजय हुनेछ । समय आफ्नो अनुकूल रहनेछ ।    आँखामा समस्या आउन सक्छ । स्वास्थ्यको हेरचाह आवश्यक  देखिन्छ ।

 वृष

पंचम सूर्य वृष राशीका लागि लाभदायक रहने छन् । सन्तानबाट सुख मिल्नेछ । धनमा बृध्दि हुने छ । सरकारी सेवामा रहनेका लागि सुअवसर मिल्न सक्छ ।

मिथुन

यो राशीका व्यक्तिले मानसिक तनाव व्यहोर्नुपर्ने छ । चतुर्थ सूर्यका कारणले दुर्घटनाको पनि योग देखिन्छ । त्यसैले सवारी चलाउँदा होशियारी अपनाउनु आवश्यक छ । सुखमा कमी हुनसक्छ ।

कर्कट

दाजुभाई दिदीबहिनीबाट सहयोग मिल्न सक्छ । सूर्य तृतीय स्थानमा रहनाले पराक्रम बढ्न सक्छ । सबै काम सही तरिकाले सम्पन्न हुनसक्ने छ । आफूभन्दा ठूला कर्मचारीको सहयोग मिल्ने देखिन्छ ।

सिंह

यो राशीका मानिसलाई आँखामा पीडा हुनसक्छ । तर सम्पत्तिबाट थप लाभ हुनेछ । सूर्य द्वीतिय स्थानमा रहनाले निकै कडा मेहनत गर्नुपर्ने छ ।

कन्या

यो राशीमा सूर्य एकमहिनासम्म रहने छन् । यसकारण तनाव रहीरहने छ । मनमा उदासीले घर जमाउने छ । सबै काम गर्दा विशेष सावधानी अपनाउन जरुरी छ ।

तुला

  सूर्य द्वादस स्थानमा रहने छन् । जसले गर्दा दैनिक खर्चमा बृध्दि हुने छ । अनावश्यक खर्च बढ्दा मन उदास र आँखामा पीडा हुने छ ।

 वृश्चिक

सूर्य एकादशमा रहनेछन् । यही कारणले समय लाभदायक हुने छ । विशेषगरी जागीरे व्यक्तिका लागि यो समय उत्तम मानिएको छ । मेहनतमा कमी आएन भने अप्रत्याशित लाभ समेत हुनसक्ने छ ।

 धनु

सूर्य दशौं स्थानमा रहने हुनाले यो राशी भएका व्यक्तिलाई भाग्यको साथ मिल्ने छ । नियमित काम समयमै सकिने छ भने परिणाम पनि सोचेजस्तै प्राप्त हुने छ । धन वृध्दि हुने छ भने विदेश यात्राको पनि सम्भावना छ ।

मकर

 सूर्य नवम् स्थानमा रहने हुनाले गर्दा अशुभ हुने छ । अधिक काम गर्नुुपर्ने छ । आर्थिक संकटले च्याप्ने छ । पेट सम्बन्धि पीडाले पनि सताउन सक्ने छ ।

कुम्भ

यो राशीमा सूर्य अष्टम स्थानमा रहने छन् । यसकारण सवारी चलाउँदा निकै होशियार रहनुपर्ने छ । विद्युतिय उपकरण चलाउँदा सचेत रहनु आवश्यक छ । बिनाकारण भय र दिक्दारीले सताउने छ । 

मीन

सूर्य सप्तम स्थानमा रहनाले जीवनसाथीसँग मनमुटाव हुने छ । विवाहको चर्चा भैरहेका परिवारका सदस्यको विवाह प्रसंगमा वाधा उत्पन्न हुनसक्ने छ । तसर्थ बोलीचाली र व्यवहारमा सदाभन्दा निकै होशियारी अपनाउन आवश्यक देखिन्छ । (एजेन्सीको सहयोगमा) 

 
 

ताजा खबर