‘बिजुलीको तार’मा उर्वशी

२०७६ भदौ ३० सोमबार १४:००:०० मा प्रकाशित

मुम्बई, ३० भदौ । ग्ल्यामरस अभिनेत्री उर्वशी रौटेला सोसल मिडियामा लोकप्रियताको घोडामा सवार छिन्। इन्स्टाग्राममा उनलाई १९ मिलियनले पछ्याएका छन्। पछिल्ला केही वर्षदेखि उर्वशीलाई लगातार ‘भर्चुअल फेमिली’को प्रेम प्राप्त छ। यो खास अवसरमा उर्वशीले आफ्ना विशेष र डाई हार्ट फ्यानसँग आफ्नो भिडियो सेयर गरेकी छन्।

दिल्लीमा उर्वशी एउटा कार्यक्रममा भाग लिन पुगेकी थिइन्। त्यहाँ उनले आफ्नी फ्यान अलकासँग कुराकानी गर्ने अवसर पाएकी थिइन्। उर्वशीको आगामी फिल्म ‘पागलपन्ती’ हो। अनिस बज्मीले यसको निर्माण गरिरहेका छन्। फिल्ममा उर्वशीको साथमा जोन अब्राहम, अनिल कपुर, अरसद वारसी छन्।

यसका साथै उनी टी सिरिजको अपकमिङ म्युजिक भिडियो ‘बिजलीका तार’मा माधुरी दीक्षितको आइकनिक नम्बर ‘खम्बे जैसी खडी है’मा पनि डान्स गर्दै देखिँदै छिन्। 

ताजा खबर