नेपाल पर्यटनको हिसावले आकर्षक गन्तव्य : मन्त्री भट्टराई 

२०७६ भदौ २९ आइतबार १६:०८:०० मा प्रकाशित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिले लगानीको हिसावले नेपाल राम्रो र महत्वपूर्ण अवस्था रहेको भन्दै लगानी गर्न आग्रह गरेका छन् । नयाँ टेक्नोलोजीको साथ नेपालमा वैदेशिक लगानीको अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम यस्तो बताएका हुन् । 

मेकइन नेपाल इन्भेष्टमेन्ट प्रालिको आयोजनामा भएको कार्यक्रममा दुबै देशका सरकारका प्रतिनिधि र लगानीकर्ताहरुको उपस्थितमा रहेको थियो । मन्त्री भट्टराइले अन्तराष्ट्रिय समुदायले नेपाललाई अहिले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै नेपाल पर्यटनको हिसावले आकर्षक गन्तव्य रहेको बताए । 

‘पर्यटनको क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन्छ’ पर्यटनमन्त्री भट्टराईले भने ‘नेपालमा युवाको संख्या धेरै भएकाले लगानी गर्दा युवाहरुले रोजगार पाउँछन् ।’ नेपालको हावापानी राम्रो र सुन्दर मुलुक भएकाले उनले सन् २०२० मा जापानीहरुलाई छुट्टीको समय नेपाल आएर बिताउन आग्रह गरेका थिए ।

मेकइन नेपाल इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रमेश पौडेलले अहिलेको सरकारले सुखी नेपाल, सम्वृद्धि नेपालीको नारा लिएर अगाडी बढेकाले देशमा लगानीको वातावरणसमेत राम्रो र अनुकुल भएको बताए। नेपालका युवाहरुको साथमा विभिन्न क्षेत्रमा जापानीहरुले लगानी गरेर सुन्दर नेपाल बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

लगानी कर्तालाई प्रोत्साहन गर्न कतिपय कानुन बनिसकेको र कतिपय बनदै गरेको अवस्थामा थप लगानी मैत्री बनाउन सहयोग गर्ने लगानी बोर्डका प्रवक्ता माहाप्रसाद अधिकारीले बताए । अब सबैको ध्यान लगानीतिर गएको उनको भनाई थियो ।

जापानी कम्पनी जि होल्डिङलगायत चार वटा कम्पनी उक्त कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले टेक्नोलोजिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका थिए । हावाबाट पानी निकाल्ने, प्लाष्टिकबाट तेल निकाल्ने र गुडीरहेको गाडी, मोटरसाइकल टेप्पोलगायतबाट विजुली निकाल्न सक्ने उनीहरुको धारणा थियो ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपालमा जापनी टेक्नोलोजि भित्र्याएर नेपाली युवालाई सिकाउन समेत आग्रह गरेका थिए ।

ताजा खबर