५० वर्षकी जेनिफर लोपेजको फिट फिगर

२०७६ भदौ २९ आइतबार १४:४८:०० मा प्रकाशित

काठमाडौँ, २९ भदौ ।अमेरिकाकी चर्चित नायिका तथा गायिका जेनिफर लोपेज ५० वर्षकी भइन्। उनी २ सन्तानकी आमा हुन्। ५० वर्षको उमेरमा पनि जेनिफरले आफ्नो फिगरलाई व्यवस्थापन गर्न सफल भएक छिन्।

हाल जेनिफर आफ्नो नयाँ चलचित्र ‘हस्लर’मा स्ट्रिपरको भूमिकामा देखिएकी छिन्। स्ट्रिपरको भूमिकामा उनले सानो स्टेजमा खम्बामा हातले पक्रिएर नाच्ने खालको सिनहरु छन्।

त्यसका लागि शारीरिक शक्तिको महत्व हुन्छ। उनले स्ट्रिपरको भूमिका निर्वाह गर्न कडा शारीरिक मिहिनेत गरिन्। हाल पनि उनी जिम जान्छिन्।

Related image

उनले चलचित्रको लागि आफूलाई तयार गरिसक्दा उनको एब्स पनि देखिन थालेको छ। त्यसकारण उनको शारीरिक बनोट निकै व्यवस्थित देखिएको छ।

जेनिफर लोपेजले पार्कर, द बोइ नेक्स्ट डोर, सेलेना, इनफ, एनोकन्डाजस्ता चर्चित हलिउड चलचित्रमा काम गरिसकेकी छिन्। अन द फ्लोर, पापी, आइएम रियल, लेट्स गेट लाउड, बुटी, डान्स अगेन भने उनका चर्चित गीतहरु हुन्।

ताजा खबर