‘भद्रगोल’ छोडेर ‘सक्किगोनि’

२०७६ भदौ २६ बिहीबार १४:१९:०० मा प्रकाशित

काठमाडौँ, २६ भदौ । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’का टिमले बिहिबारबाट ‘सक्किगोनि’ लिएर आउँने भएका छन् । मिडिया हबसँग कुरा नमिल्दा भद्रगोलका पुरानो टिम बाहिरीएको थियो । अहिले नयाँ कलाकाराको साथमा भद्रगोल प्रस्तुत हुन थालेका छ । 

नेपाल टेलिभिजनमै बिहिबार बेलुकी ८ः५० को समयमा सक्किगोनी लिएर आउने भएका छन् । नयाँ शैली र नयाँ प्रस्तुतिमा सक्किगोनी प्रशारण हुन लागेको हो । 

‘सक्किगोनि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल दिपक आचार्य लगायतका भद्रगोलका पुराना कलाकार देख्न पाइने छ । 

अहिले प्रशारण भएको भद्रगोल दर्शकले खासै रुचाएका छैनन् । सक्किगोनी सार्वजनिक भएपछि भद्रगोलका पुराना कलाकार हेर्न पाउँनृ दर्शकको चाहाना पुरा हुने भएको छ ।

ताजा खबर