आयो लिलाको ‘बाँचेकैछु जसो तसो’ भिडियो

२०७६ भदौ २६ बिहीबार १०:४३:०० मा प्रकाशित

इलामको सुम्वेक निवासी हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको  गीतको म्युजिक भिडिओ सार्वजनिक भएकोको छ ।

संगीतकार  निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर रहेको छ । 

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको  भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

कीर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको  भिडिओमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । 

यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल  लिला खतिवडाबाट सार्वजनिक गरेका छन् ।

 https://www.youtube.com/watch?v=jmt--f1MAsI

ताजा खबर