आइफोन-११ मा यस्ता छन् विशेषता

२०७६ भदौ २६ बिहीबार ०८:४२:०० मा प्रकाशित

एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

यी फोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ । सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ । नयाँ आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छ ।

आइफोनका ११ सिरिजका फोनको मुख्या विशेषता लङ लाइफ ब्याट्री हो । यो सिरिसका फोनको ब्याट्री आइफोन १० का मोडलहरुभन्दा धेरै टिकाउ छ । यस्तै एप्पलले पहिलो यी फोनहरुमा ए१३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ । बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउँछ। आइफोन-११ मा चाँडै फेस अनलकको सुविधा समेत छ ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ । यस्तै फोनले ४के भिडियोहरु समेत खिच्छ ।

११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ । वाईफाई ६ सपोर्ट गरेपनि आइफोन-११ मा फाइभजी छैन् । एजेन्सी

ताजा खबर