श्रीदेवीकै बाटोमा जान्ह्वी र खुसी

२०७६ भदौ २५ बुधबार १५:२१:०० मा प्रकाशित

मुम्बई, २५ भदौ ।  दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुर आमाको पदचिह्नलाई पछ्याउँदै बलिउड प्रवेश गरिसकेकी छिन्। त्यही बाटोमा छिन् उनकी कान्छी छोरी खुसी कपुर।

खुसी मंगलबार अभिनय कोर्सका लागि अमेरिका उडेकी छन्। उनका पिता बोनी कपुर उनलाई छोड्न मुम्बई एयरपोर्ट गएका थिए। खुसी अमेरिकाको प्रसिद्ध ‘न्युयोर्क फिल्म एकेडमी’ बाट अभिनय कोर्स गर्न लागेकी हुन्। जब उनी पितालाई गुडबाई भन्दै एयरपोर्टभित्र छिर्न थालिन्, केही भावुक देखिइन्।

खुसी आफ्नो काकाकाकी सञ्जय कपुर र महिप कपुरका साथसाथै उनकी छोरी शनाया कपुरसँग पनि निकै नजिक छिन्। भतिजी न्युयोर्क जान थालेपछि महिपले तिम्रो याद आउनेछ खुसी भन्दै तस्बिर सेयर गरेकी छन्। तस्बिरमा खुसी र शनाया एकसाथ छन्।

जाह्नवी कपुरले केही दिन पहिले आफ्नी बहिनी खुसीबारे भनेकी थिइन्, ‘ उनी हायर एजुकेसनका लागि अमेरिका जाँदैछिन्। त्यहाँबाट फर्किएपछि उनले तय गर्नेछिन् कि उनी अब के गर्न चाहन्छिन्।’ खुसी अमेरिका जाने फिक्स भएपछि छोरीको नियास्रोले आफ्नो पिता रुने गरेको पनि जान्ह्वीले बताएकी छिन्। अभिनय कोर्स नै लिन गएपछि दिदी जान्ह्वीको बाटोमा बहिनी खुसी कपुर पनि आउने देखिएको छ।

ताजा खबर