श्रद्धालाई लगातार सफलता

२०७६ भदौ २४ मंगलबार १६:२४:०० मा प्रकाशित

मुम्बई, २४ भदौ । बलिउड अभिनेत्री श्रद्धा कपुरले आफ्नो कामलाई लगातार दर्शकले मन पराएको भन्दै खुसी व्यक्त गरेकी छन् । अभिनेत्री श्रद्धाले दक्षिण भारतीय अभिनेता प्रवाससँग अभिनय गरेको फिल्म साहो गत साता रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ ग¥यो ।

अभिनेत्री श्रद्धाले निर्वाह गरको भूमिका साहोमा दर्शकले रुचाए । दर्शकले उनको कामको खुलेर प्रशंसा गरे । फिल्मले पहिलो साता निकै ठूलो व्यापार ग¥यो । सोही कारण पनि श्रद्धाको साहोको कामलाई दर्शकले मन पराए र प्रशंसा गरे ।
साहो रिलिज भएको एक सातापछि श्रद्धाकै अर्को फिल्म ‘छिछोरे’ शुक्रबारबाट सिनेमा हलमा रिलिज भएको छ । यो फिल्ममा पनि श्रद्धा नै मुख्य भूमिकामा छिन् । फिल्ममा उनको जोडी अर्थात् नायकका रूपमा सुसान्त सिंह राजपुत रहेका छन् ।
फिल्म छिछोरेले रिलिज भएको तीन दिनमा ३६ करोडको व्यापार गरेको छ । यो फिल्मले पहिलो सातामा करिब ६० करोड रुपैयाँ उठाउने विश्वासका यसका निर्देशक नितेस तिवारीको विश्वास छ ।

फिल्मले राम्रै व्यापार गरिरहेको बेलामा यो फिल्ममा श्रद्धा कपुरले निर्वाह गरेको भूमिकाले अहिले चर्चा पाएको छ । यसमा आफूले निकै मेहनतका साथ राम्रो काम गरेकाले आफ्नो कामको प्रशंसा हुनेमा आफू विश्वस्त रहेको अभिनेत्री श्रद्धाले बताएकी छन् । कलेज जीवनमा युवतीहरूलाई युवाले जिस्क्याउँदा आइपर्ने समस्यामा यो चलचित्रको कथा केन्द्रित रहेको पनि यसका निर्देशक तिवारीले बताएका छन् । फिल्मले पूर्ण मनोरञ्जन दिने निर्देशक तिवारीको दाबी छ ।

ताजा खबर