‘महाधिवेशन आओस् न, हामी देखाईदिन्छौं’

२०७६ भदौ २१ शनिबार १०:५८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ्गले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने दावी गरेका छन् । केन्द्रीय सदस्य गुरुङ्गले भने– ‘अब कांग्रेसमा नेतृत्व हस्तान्तर होइन पुस्तान्तरण हुनेछ ।’

नेतृत्वको कमजोर भूमिकासँग असन्तुष्ट नेता गुरुङ्गले चेतावनीको शैलीमा भने–‘महाधिवेशन आउन त दिनोस् न,हामी देखाईदिन्छौं ।’

कुनैबेला पार्टीमा संगठित रुपले अभियान संचालन गर्नेमध्येका अगुवा गुरुङ्ग आफू त्यसमा पहिले जस्तै क्रियाशील रहेको दावी गर्छन् । 

अभियन्तामध्येका एक युवा नेता विश्वप्रकाश शर्मा प्रवक्ताको भूमिकामा सरेपछि दवाव समूह जसरी चलाईएको अभियान शिथिल भएको हो कि भनी सोधिएको प्रश्नमा नेता गुरुङ्ग त्यसलाई अस्वीकार गर्छन् । उनले भने–‘विश्वप्रकाशजीको डबल रोल छ,उहाँ पार्टीको प्रवक्ता भएपनि हाम्रो अभियानबाट टाढा हुनुहुन्न,सबैजना क्रियाशील नै छौं ।’

कांग्रेसभित्र खरो नेताको छवि बनाएका केन्द्रीय सदस्य गुरुङ्गसँग गरिएको भिडियो वार्ता यो लिङ्कमा हेर्न सकिने छ–

 

 

 

 

ताजा खबर