अक्षयको ‘मिशन मंगल’ले अस्ट्रेलियामा धमका मच्यायो

२०७६ भदौ १८ बुधबार १५:४५:०० मा प्रकाशित

काठमाडौँ, १८ भदौ । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले घरेलु बक्स अफिससँगै विश्वव्यापी रुपमा आक्रमक व्यापार गरेको छ । यो फिल्मले अस्ट्रेलियामा सर्वा्धिक कलेक्सन गर्ने फिल्मको रेकर्ड राखेको छ ।

ट्रेण्ड एनालिस्ट तरण आदर्शले मिशन मंगलको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन् ‘मिशन मंगल अस्ट्रेलियामा अक्षय कुमारको सबै भन्दै बढी कमाइ गर्ने फिल्ममा परेको छ । 

१ सेप्टेम्बरसम्म फिल्मले २ करोड ९१ लाख कमाइ गरेको छ । यसअघि अस्ट्रेलियामा अक्षयको हाउसफुल, केसरी, प्याड म्यान, लगायतका फिल्म प्रर्दशन भएका थिए ।’ १५ अगस्ट देखि प्रर्दशनमा आएको फिल्मले घरेलु बक्स अफिसमा भारु.१८७ करोड व्यापार गरेको छ ।

जगन शक्तिले निर्देशन गरेको फिल्म मिशन मंगलमा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, नित्या सेनन, शरमन जोशी लगायत कलाकारको अभिनय रहेको छ । 

ताजा खबर