पशुपतिमा तीजको रमझम
२०७६ भदौ १६ सोमबार १८:००:००
मा प्रकाशित

काठमाडौं । हिन्दु नारीहरुले परम्परादेखि मनाउँदै अएको पर्व हो तीज । यो नारीहरुको प्रमुख चाड पनि मानिन्छ। तीजको अवसरमा भाद्र १६ गते सोमबारका दिन प्रमुख शिवालयहरुमा भक्तजनको भीड लागेको थियो । यसदिनलाई नारीहरुले हरितालिका तीज भनी पर्वका रुपमा मनाउँदै आएका छन् ।
तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लाग्ने गर्छ। तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । हेरौं छोटो भिडियो-