बेलारुसकी यी कलाकार : जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर

२०७६ भदौ १६ सोमबार १७:३३:०० मा प्रकाशित

काठमाडौँ, १६ भदौ । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । 

नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् । 

नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् । अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।

असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् । उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् । 

नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । नदियाले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेका जानकारी दिइन् । समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् । 

ताजा खबर