‘द जोया फेक्टर’ कि सोनम

२०७६ भदौ १६ सोमबार १५:११:०० मा प्रकाशित

मुम्बई, १६ भदौ । सोनम कपुरले आफ्नो आगामी फिल्म ‘द जोया फेक्टर’ को प्रमोसन सुरु गरेकी छन्। उनी आशीर्वाद लिन शनि मन्दिर पुगेकी छन् । सोनमको यो फिल्म छिट्टै प्रदर्शनमा आउन लागेको छ । यो शुभ अवसरमा उनी खैरो रङको इथनिक ड्रेसमा देखिइकी थिइन् ।

फिल्म ‘द जोया फेक्टर’ एक विज्ञापन एजेन्टको बारेमा बनेको असामान्य कथा हो । फिल्मको निर्देशन अभिषेक शर्माले गरेका हुन् भने फक्स स्टार हिन्दी यसका निर्माता हुन् । फिल्म २० सेप्टेम्बर २०१९ मा रिलिज हुँदैछ ।

ताजा खबर