धेरै कमाउने सिनेमाको सूचीमा दंगल  

२०७४ असार ३ शनिबार ०७:५०:०० मा प्रकाशित

एजेन्सी, ३ असार । बलिउड चलचित्र दंगल विश्वमै धेरै कमाउने उत्कृष्ट पाँच सिनेमाको सूचिमा सुचीकृत भएको छ । नितेश तिवारीको निर्देशनमा बनेको दंगलले १९ सय ३४ करोड भारतीय रुपैयाँ कमाउँदै विश्वमै धेरै कमाउने उत्कृष्ट पाँच सिनेमाको सूचिमा आफूलाई सामेल गराएको हो ।
सिनेमाले ईतिहासमा पाँचौ धेरै कमाउने अंग्रेजी बाहेकका सिनेमाको रकेर्ड राखेको हो ।

फोक्समा प्रकाशित सूचिका अनुसार उत्कृष्ट पाँच अंग्रेजी बाहेकका सिनेमामा दुईवटा चाईनिज, एउटा फ्रान्स एउटा जापानी र एक भारतीय अर्थात दंगल समावेश छन् । दंगलको कमाई अनुसार धेरै कमाएर चर्चामा आएको एस एस राजमौलीको सिनेमा बाहुबली धेरै पछि परेको छ । बाहुबलीलले बक्स अफिसमा १६ सय ७६ करोडको व्यापार गरेको छ । त्यसमाथि पनि अहिले सिनेमाको व्यापार निकै कम भएको छ । त्यस कारण बाहुबलीले १७ सय करोडको आँकडा छुन पनि मुश्किल देखिन्छ ।

ताजा खबर