‘कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य देखिएको छ’

२०७६ भदौ १५ आइतबार २३:००:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको नेतृत्व कमजोर भएकाले प्रमुख प्रतिपक्षको हैसियत सोचेजति प्रभावकारी हुननसकेको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी नेतृत्वले बिगतमा निर्वाह गरेको भूमिकाको समीक्षा गर्दैगर्दा नेतृत्व परिवर्तन अनिवार्य भएको महसुस गरिएको पनि नेता आचार्यले स्पष्ट गरे।
दुइतिहाई बहुमतको सरकारको कार्यशैलीले जनतामा उत्पन्न निराशा र असन्तुष्टि विष्फोटक स्थितिमा पुगेको चर्चा गर्दै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य आचार्यले संसदको प्रमुख प्रतिपक्षको हैसियतमा आफ्नो पार्टी कांग्रेसले जनताको भावना अनुसार नेतृत्व लिन नसकेको टिप्पणी गरे।

नेता आचार्यले भने–‘आफ्नो सरकारको असक्षमता ढाकछोप गर्न प्रधानमन्त्रीले राजनीतिक पध्दति नै संकटमा परेको भनेर होहल्ला गरिरहेका छन्,तर यसमा कांग्रेसको उपयुक्त भूमिका देखिएन। प्रधानमन्त्रीले जनताको ध्यान अन्यत्र मोड्न सिर्जना गरेको भ्रम तोडेर सत्य कुरा बताउने दायित्व कसको हो, नेपाली कांग्रेसको होईन ?’

यसबाहेक अर्थतन्त्रको अवस्था,बिकास निर्माणमा भैरहेको अपारदर्शी व्यवहार र ढिलासुस्ती लगायतका बिषयमा पनि सरकारको एकतर्फि प्रचारले जनतामा असत्य सूचना प्रशार भैरहँदा पनि प्रमुख प्रतिपक्षले त्यसलाई चिर्न प्रयत्न गर्नुपर्नेमा वास्ता नै नगरेको जस्तो देखिएको पूर्व अर्थमन्त्री आचार्यले बताए ।

नेपालको धार्मिक,सांस्कृतिक र परम्परागत मूल्यमान्यताहरुका बिषयमा पनि जनतामा प्रष्ट गर्न आवश्यक भएको बताउँदै नेता आचार्यले स्वार्थवस कसैले गरिरहेको गलत प्रचारवाजीले नेपाली समाजको शदीयौं देखिको सामाजिक सहिष्णुता तोड्न नसकेपनि शंकाको वातावरण बनाउन सक्ने तर्फ सचेत रहँदै प्रमुख प्रतिपक्ष कांग्रेसले जनतासँगको सम्पर्कलाई अझ बलियो बनाउन आवश्यक भएको धारणा व्यक्त गरे ।

कांग्रेसका वौध्दिक नेता आचार्यसँग गरिएको भिडियो वार्ताको विवरण उनकै आवाजमा सुन्न यहाँ क्लिक गर्नुहोला–

 

ताजा खबर