साहोको आक्रामक ओपनिङः पहिलो दिनमै कमायाे २४.४० करोड

२०७६ भदौ १५ आइतबार ०९:०८:०० मा प्रकाशित

मुम्बई । बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’ले आक्रामक व्यापार सुरु गरेको छ । उक्त फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हाे । फिल्म समीक्षक तरुण आदर्शका अनुसार विभिन्न भाषामा प्रदर्शन भएको फिल्मले भारतभर पहिलो दिन २४.४० करोड रुपैयाँ कमाएको छ ।

यससँगै साहो पहिलो दिनमा धेरै कमाई गर्ने यस वर्षको तेस्रो फिल्म बनेको छ । यो वर्ष पहिलो दिन धेरै कमाई गर्ने फिल्ममा सलमान खानको भारत (४२.३० करोड) र अक्षय कुमारको मिसन मंगल (२९.१६ करोड) रहेका छन् । 

साहो सुपरस्टार प्रभासको बाहुबली पछि प्रदर्शनमा आएको फिल्म हो। फिल्ममा श्रद्धा कपुर पनि मुख्य भूमिकामा छिन् ।

बाहुबली फ्रेन्चाइजबाट इन्टरनेशनल स्टार बनेका प्रभासको ‘बाहुबलीः द बिगनिङ्ग’ले संसारभर ६५० करोड रुपैयाँ र ‘बाहुबली२ः द कन्क्लूजन’ले १७९६.५६ करोडको कारोवार गरेको थियो । एजेन्सी

ताजा खबर