ट्वीटर मालिककै ट्वीटर एकाउन्ट ह्याक भयो, 'हिटलर निर्दोष थिए’ भन्ने स्टाटस भयो 

२०७६ भदौ १४ शनिबार ०८:२१:०० मा प्रकाशित

वासिङ्टन, १४ भदौ । ट्वीटरका मालिक ज्याक डोर्सेको ट्वीटर एकाउन्टबाटै जातीय द्वेष फैलाउने किसिमका ट्वीट भएका छन् ।

शुक्रबार दिउसो उनको ट्वीटर एकाउन्ट ‘ह्याक’ भएको बताइएको छ । जसबाट सामाजिक हिंसा भड्काउनसक्ने स्टाटस उनका फलोअर्समाझ सम्प्रेषण भएका हुन् । तीमध्ये एउटा ट्वीटले नाजी शासक एडोल्फ हिटलर निर्दोष भएको दावी गरेको थियो ।

यस्तै अफ्रिकन–अमेरिकन र ज्युजहरुविरुद्ध पनि रंगभेदी ट्वीट ज्याकको ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको थियो । साथै ट्वीटर मुख्यालयमै बम राखिएको समेत ट्वीट भएको थियो ।

सान फ्रान्सिस्कोस्थित ट्वीटरको ‘कम्युनिकेशन टीम’ले उक्त एकाउन्ट कसरी ह्याक भयो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ । तर पछिल्लो ट्वीटबाट भने उक्त ट्वीटर एकाउन्ट सुरक्षित भएको सूचना आएको थियो ।

ताजा खबर